१० कित्ते नीति हटाउने तयारीमा धितोपत्र बोर्ड, गठन गर्यो अध्ययन समिति « Arthapath.com
३ असार २०८२, मंगलबार

१० कित्ते नीति हटाउने तयारीमा धितोपत्र बोर्ड, गठन गर्यो अध्ययन समिति



काठमाडौँ । नेपाल धितोपत्र बोर्डले १० कित्ते नीति पुनरावलोकन गर्ने अध्ययन समिति गठन गरेको हो ।

बोर्डका अनुसार १० कित्ते नीति पुनरावलोकनको लागि प्रविण कुमार झाको संयोजकत्वमा भोलानाथ ढुंगाना सहितको समिति बनेको छ । सदस्यहरूमा मुक्तिनाथ श्रेष्ठ र अम्बिका प्रसाद गिरी रहेका छन् । समितिले दिएको प्रतिवेदनका आधारमा आईपीओको १० कित्ते आरक्षण नीतिमाथि पुनरावलोकन हुनेछ ।

बोर्डका अध्यक्ष रमेश हमालले समेत १० कित्ते नीतिले पूँजी बजार विकृति फैलिएको बताउदै आएका थिए । उनले आफ्नै कार्यकालमा उक्त कार्य गर्ने तयारी गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्