चार कम्पनीको सेयरमा सर्किट, कुनले कति कमाए ?

काठमाडौँ । आइतबार उच्च अकंले बढेको बजार आज भने करेक्सन देखिएको छ । नाफा बुक गर्नेहरु हाबी हुँदा बजार ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४० अकंले घटेर १९४८.५७ बिन्दुमा बन्द भएको छ । आज ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको छ ।
सोमबार चार कम्पनीको सेयरमा सर्किट लागेको छ । आज बोटलर्स नेपाल (बालाजु), सामुदायिक लघुवित्त, दोल्ती पावर र ह्याथवे इन्भेष्टमेन्टको सेयरमा सकारात्मक सर्किट लागेको हो ।
