मुक्तिनाथ कृषि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ? « Arthapath.com
३ असार २०८२, मंगलबार

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको ७० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारमिा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी समेत) मा वितरण गरेको १४ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ५६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको ओपन रेञ्ज न्यूनतम ७६ रुपैयाँ ८१ पैसा र अधिकतम२३० रुपैयाँ ४३ पैसा तोकेको छ । कम्पनीको नेप्से सिम्बोल एमकेसिएल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्