सेयर बजारमा उत्साहको माहोलले पायो निरन्तरता, कारोबारमा समेत छलाङ, बुलको यात्रा कहाँसम्म ? « Arthapath.com
४ पुष २०८०, बुधबार

सेयर बजारमा उत्साहको माहोलले पायो निरन्तरता, कारोबारमा समेत छलाङ, बुलको यात्रा कहाँसम्म ?



काठमाडौँ । सेयर बजारले छलाङको यात्रालाई निरन्तरता दिएको छ । सेयर बजारले निरन्तर उकालो यात्रा तय गर्दा लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको छ । विगत केहि महिना यता निरन्तर खुम्चि रहेको बजारले राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्रभाव परेको हो ।

लगानीकर्ताको मनोबलले बजारलाई कुन दिसामा लैजाने भन्ने कुराको निर्धारण गर्ने गर्देछ । अहिले मनोबल लगानीकर्ताको उच्च बन्दै गएको छ । लगानीयोग्य वातावरण समेत बनि रहेको छ । केन्द्रिय बैंकले सेयर बजारलाई बाधा गर्ने केहि नीतिगत अवरोध सुधार गर्दा लगानीकर्तामा उत्साहमय बातारण सिर्जना भएको हो । लगानीकर्ताहरुले भूतप्रभावी करले असर आंकलन गरेका थिए । तर लगानीकर्ताले सो कुराले समेत सहज रुपमा स्वागत गरेका छ ।

पछिल्ला दिनहरुमा समग्रमा बजार बढेकै छ । यसमध्ये पनि कतिपय सेक्टर र कम्पनीहरुबाट लगानीकर्ताले मनग्ये फाइदा पाउन थालिसकेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । सोहि कारण समेत बजारमा सकारात्मक प्रभाव परेको छ । ब्याजदर र अधिक तरलताले साथ दिंदै गएपछि सेयर बजारका लगानीकर्तामा पनि उत्साह बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३९ अकंले बढेर २१४१.८७ बिन्दुमा बन्द भएको छ । बुधबार ३०६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा दोहोरो अकंको सुधार भएपनि होटल तथा पर्यटन समूहको १.८९ प्रतिशत र निर्जीवन बीमा कम्पनीको ०.०८ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ । अन्य ११ उपसूचकमा भने हरियाली आएको हो ।

बुधबार शिवम् सिमेन्टको ३७ करोड ३४ लाख रुपैयाँ, सोल्टी होटलको २४ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्