लगातार सात दिनको हरियालीमा ब्रेक, किन घट्यो सेयर बजार ?

काठमाडौँ । निरन्तर सात दिनसम्म उकालो लागेको बजार आज भने करेक्सन देखिएको छ । बजारमा लगानीकर्ता बिक्री गर्ने हाबि भएपछि सेयर बजार दोहोरो अकंले घटेको हो ।
बजार घट्नु र बढ्नु एक प्रक्रिया नै भएको हुँदा समग्रमा बजारले अब सकारात्मक नै बाटो तय गर्ने एक लगानीकर्ताले बताए । उनले भने, “बैंकको ब्याजदर घटेको छ । अझै घट्ने अवस्थामा रहेको छ । नियामक निकाय समेत केहि लचक नीति ल्याउदै छ । लगानीकर्ताको मनोबल समेत बढी रहेको छ । यो बेला बजार घट्ने कुनै कारण नै छैन । आजको घट्नुलाई सामान्य करेक्सनको रुपमा लिन सकिन्छ ।”
विगत केहि महिना यता निरन्तर खुम्चि रहेको बजारले राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्रभाव परेको हो । अहिले लगानीकर्ताको मनोबल उच्च बन्दै गएको छ । लगानीयोग्य वातावरण समेत बनि रहेको छ । केन्द्रिय बैंकले सेयर बजारलाई बाधा गर्ने केहि नीतिगत अवरोध सुधार गर्दा लगानीकर्तामा उत्साहमय बातारण सिर्जना हुनेछ । अधिकांश बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । सोहि कारण समेत बजारमा सकारात्मक प्रभाव परेको छ । ब्याजदर र अधिक तरलताले साथ दिंदै गएपछि सेयर बजार नयाँ उचाईमा पुग्ने आंकलन गरीएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.७७ अकंले घटेर २१०९.१० बिन्दुमा बन्द भएको छ । बिहिबार ३०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँको कारोबार भएको हो ।
बिहिबार बजार ओरालो लाग्दा ११ उपसूचक घटेका छन् । आज बैंकिङ समूहको १.८७ प्रतिशत, विकास बैंक समूहको ३.२३ प्रतिशत, फाइनान्स समूहको ३.१० प्रतिशत, होटल तथा पर्यटन समूहको २.९९ प्रतिशतले सेयर मूल्य घटेको हो ।

आज शिवस् सिमेन्टको ३० करोड ६८ लाख ६० हजार रुपैयाँको कारोबार हुँदा सोनापुरको २५ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ ।
