बिहिबार १० कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ? « Arthapath.com
५ पुष २०८०, बिहीबार

बिहिबार १० कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?



काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.७७ अकंले घटेर २१०९.१० बिन्दुमा बन्द भएको छ ।

बिहिबार ३०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँको कारोबार भएको हो ।

बिहिबार १० कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेकोछ । आज बोटलर्स नेपाल (बालाजु), आशा लघुवित्त, धौरागिरी लघुवित्त, बिपिडब्लु लघुवित्तसहित १० कम्पनीको सेयरमा सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्