नौ कम्पनीको सेयरमा सर्किट, कुनले कति कमाए ?

काठमाडौँ । यो साताको दोस्रो कारोबारको दिन समेत बजार ओरालो लागेको छ । बजार निरन्तर तेस्रो दिन समेत घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२३ अकंले घटेर २०७०.८४ बिन्दुमा बन्द भएको हो । बुधबार ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपौयाँको कारोबार भएको हो ।
आज ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बुधबार नेपाल इन्स्योरेन्स, इन्फीनिटि लघुवित्त, मनकामना इन्जिनिरिङ्ग, चिरख्वा हाइड्रोपावरसहित ९ कम्पनीको सेयरमा सर्किट लागेको हो ।
