बजारमा ओरालो यात्राले पायो निरन्तरता, कारोबार ५ अर्ब माथि, लगानीकर्ताको मनोबल कमजोर भएको हो ?

काठमाडौँ । साताको पहिलो कारोबारको दिन सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । गत साताको अन्तिम कारोबारको दिन समेत घटेको बजारले यो साता समेत निरन्तरता दिएको हो ।
अहिले नाफा बुक गरेका लगानीकर्ता पर्ख र हेरको अवस्था छन् । नाफा बुकपछि बजारमा विस्तारै क्रेता पक्ष पनि सक्रिय हुन थालेको संकेत कारोबार रकमले देखाएको छ ।
लगानीकर्ताको मनोबल अझै माथि उठ्न सकेको छैन । लगानीकर्ताले यो बेला लाभांश क्षमता बलियो भएका कम्पनी छनोट गर्ने बेला रहेको छ । अब सेयर किन्दा लामो समय होल्ड गर्न जानकारहरुका सुझाव गरेका छन् । लामो समय गुमाएका लगानीकर्ताले बजार थोरै बढ्दा समेत नाफा बुक गर्ने झुम्मिएको देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.३६ अकंले घटेर २०२२.९२बिन्दुमा बन्द भएको छ ।नेप्सेमा सूचीकृत ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार३९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.८१ प्रतिशत, विकास बैंक समूहको १.१८ प्रतिशत, फाइनान्स समूहको १.३८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३२ प्रतिशतले सेयर मूल्य घटेको हो ।

आज सोनापुरको २८ करोड ५६ हजार रुपैयाँ र ह्याथवे इन्भेष्टमेन्टको १९ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।
