सोनापुर र हाथवेमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२२ पुष २०८०, आईतवार

सोनापुर र हाथवेमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौँ । बजार ओरालो लागेपनि कारोबार भने आज उच्च नै भएको छ । बजार दोहोरो अकंले ओरालो लागेको छ । आज कारोबार भने पाँच अर्व माथि पुगेको हो ।

बजार २६.३६ अकंले घटेर २०२२.९२बिन्दुमा बन्द भएको छ । आज ५ अर्ब २४ करोड १४लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार सोनापुर मिनरल्स एण्ड आयल र हाथवे इन्भेष्टमेन्ट नेपालको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज सोनापुरको २८ करोड ५६ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको १९ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, माउन्टेन इनर्जीको १५ करोड ९० लाख रुपैयाँ, एनआरएनको १५ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्