१० कम्पनीको सेयरमा सर्किट, कुनले कति कमाए ?

काठमाडौँ । साताको दोस्रो दिन सेयर बजारमा उच्च सुधार आएको छ । बजारमा उच्च सुधार आउँदा लगानीकर्तामा आशा पलाएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.५७ अकंले बढेर २०५९.४९ बिन्दुमा बन्द भएको हो । सोमबार ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार १० कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज सिंगटी हाइड्रो, मादी इनर्जी, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनीसहित१० कम्पनीको सेयरमा सर्किट लागेको हो ।
