पुष मसान्तमा समेत दरिलो बन्दै बजार, नियामक लचिलो हुँदा उत्साहित लगानीकर्ता, उच्च बिन्दुमा पुग्ला ? « Arthapath.com
२४ पुष २०८०, मंगलवार

पुष मसान्तमा समेत दरिलो बन्दै बजार, नियामक लचिलो हुँदा उत्साहित लगानीकर्ता, उच्च बिन्दुमा पुग्ला ?



काठमाडौँ । सेयर बजारमा उत्साहको माहोल बनेको छ । बजारमा दोहोरो अकंको सुधारले लगानीकर्तामा खुसीमो माहोल छाएको छ । प्रायः पुष मसान्तमा सेयर बजारमा सकारात्मक सकेत देखिदैन् । पुस मसान्तमा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता पनि आय कर तथा बैंक ब्याजको साँवा र ब्याज तिर्ने दबाबमा रहेका हुन्छन् । यसले पनि बजारमा केहि दबाब पैदा गर्ने गर्दछ । तर यस पटक भने पुष समान्तको प्रभावमा समेत सेयर बजारमा परेको छैन ।

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुन् र सेयर बजारमा प्रति नियामक निकाय लचिलो हुँदा लगानीकर्ताको मनोबल समेत उच्च बनि रहेको छ । बजार घट्दै फेरी बढेर उचाईमा पुग्ने प्रक्रिया हो । यो बेला बजारमा प्रवेश गर्ने नपाएका लगानीकर्ताले मौका छोपेका छन् । अब बजारको लय नै उच्च बिन्दुमा हुने आकंलन भइरहेको छ ।

यता, नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । यसअघि बीमा कम्पनीहरूलाई बैङ्कको मुद्दती निक्षेप, साधारण सेयर, घरजग्गा, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न बाटो खुला गरिएको थियो । यस्तै, अब बीमा कम्पनीहरूले अब कुनै पब्लिक कम्पनीमा १५ प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । यसअघि कम्पनीहरुले चुक्ता पुँजीको ५ प्रतिशत मात्रै सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था थियो । उक्त नीतिलाई संशोधन गरि प्राधिकरण १० प्रतिशतले बढाएको छ । उक्त नीतिले सेयर बजारलाई पनि सकरात्मक रुपमा चलायमान बनाउने विज्ञहरुको भनाई छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । कर्जा प्रवाह नभएपछि बैंकहरुले अझै ब्याजदर घटाउने सम्भावना देखिएको छ । यही कारण बजारमा सकारात्मक माहोल देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२९ अकंले बढेर २०७९.७९ बिन्दुमा बन्द भएको छ । आज ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १० उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.६७ प्रतिशत, विकास बैंक समूहको ५.२१ प्रतिशत, फाइनान्स समूहको ३.६४ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज सोनापुरको २१ करोड ४९ लाख रुपैयाँ र निफ्राको १९ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्