दोस्रो स्टक एक्सचेञ्जको आवस्यकता बारे अध्ययन गर्न सरकारले गठन गर्यो समिति « Arthapath.com
१० माघ २०८०, बुधबार

दोस्रो स्टक एक्सचेञ्जको आवस्यकता बारे अध्ययन गर्न सरकारले गठन गर्यो समिति



काठमाडौं । सरकारले दोस्रो स्टक एक्सचञ्ज आवस्यक भए/नभएको बारेमा अध्ययन गर्न समिति गठन गरेको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटीको संयोजकत्वमा समिति गठन भएको हो ।

सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री रेखा थापाले बुधबार शिवाकोटीको संयोजकत्वमा एक कानून व्यवसायी र एक जना चार्टर्ड एकाउण्टेन्ट रहने गरी तीन सदस्यीस अध्ययन समिति गठन गरिएको जानकारी दिइन् ।

मन्त्री परिषदको मंगलबार बसेको बैठकले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर समेत रहेका शिवाकोटीको नेतृत्वको समिति गठन गरेको थियो । ‘धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ’ मन्त्री परिषद बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले भनिन् ।

शिवाकोटी २०७७ फागुन १८ मा डेपुटी गभर्नरको पाँच वर्षे कार्यकाल सकेर केन्द्रिय बैंकबाट बाहिरिए पनि २०७९ जेठ ६ मा पुनः पाँच वर्षका लागि राष्ट्र बैंकको सञ्चालक नियुक्त भएका छन् ।

नेपालमा दोस्रो स्टक एक्सचेञ्ज आवस्यक छ की छैन भनेर पछिल्लो समय विबाद उत्पन्न भएको थियो । उक्त विबादका बीच नियामक निकाय नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिने प्रक्रिया अघि बढाएपछि सरकारले उक्त प्रक्रिया रोकेको थियो । अर्थ मन्त्रालयले दोस्रो स्टक एक्सचेञ्जको आवस्यकताका विषयमा पुनः अध्ययन गर्नुपर्ने सुझाव दिएपछि बोर्डले दोहोराएर अध्ययन नगर्ने, बरु सरकारले नै यसको अध्ययन गर्न आग्रह गरेको थियो ।

यिनै माथापच्चिसीबीच अलपत्र परेको दोस्रो स्टक एक्सचेञ्जको लाइसेन्स जारी गर्ने विषयले अव पुनः नयाँ बाटो समातेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाले तयार पारेको प्रस्तावको आधारमा मन्त्री परिषदले मंगलबार यसबारे अध्ययन गर्न सरकारी तवरमा नयाँ समिति स्थापित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्