बैंकहरुले ब्याजदर घटाउँदा सेयर बजारमा सकारात्मक प्रभाव, दोहोरो अंकले बढ्यो बजार
![](https://www.arthapath.com/wp-content/uploads/2024/02/image-3.png)
काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आइतबार घटेको बजार आज भने १५.३३ अंकले वृद्धि भएको हो ।
बैंकहरुले घटाएको ब्याजदरको प्रभाव सेयर बजारमा देखिएको हो । बैंकहरुले फागुन १ गतेदेखि लागू हुने गरि ब्याजदर घटाएका छन् । बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेप तर्फ औसत शून्य दशमलव ४० प्रतिशत र संस्थागत तर्फ शून्य दशमलव ३७५ प्रतिशत बिन्दुले घटाएका छन् । फागुनका लागि औसत ब्याजदर ७.७५ प्रतिशत कायम भएको छ । त्यसको सकरात्मक प्रभाव भने सेयर बजारमा देखिएको हो ।
उक्त दिन अन्य समूह अन्तर्गतको इन्डेक्स सामान्य घटेको छ । तर, अरु समूह भने हरियाली बनेको छ । उक्त दिन बजार परिसूचक पनि २१०१.१६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । तर, आइतबारको तुलनामा भने कारोबार रकम घटेको छ । हिजो ४ अर्ब बढीको सेयर किनबेच भएको थियो । तर, आज ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर कारोबार भएको हो ।
![](https://www.arthapath.com/wp-content/uploads/2024/02/image-5.png)
उक्त दिन हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज पनि कम्पनीको २३ करोड २ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोड ३० लाख ५१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै, एनआईसी एशिया बैंकको १३ करोड ७७ लाख ४७ हजार, नेपाल इन्स्योरेन्सको ११ करोड ३७ लाख, सोनापुसर मिनिरल्सको १० करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
![](https://www.arthapath.com/wp-content/uploads/2024/02/image-4.png)