सेयर बजारमा गिरावट कायमै, कारोबार रकम पनि खुम्चिँदै « Arthapath.com
६ फाल्गुन २०८०, आईतवार

सेयर बजारमा गिरावट कायमै, कारोबार रकम पनि खुम्चिँदै



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट देखिएको छ । आइतबार बजार २७.९४ अंकले घटेको छ ।
उक्त दिन बजार परिसूचक २०३४ दशलमव ०९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज सबै सूचक राताम्य बनेका छन् । उक्त दिन कारोबार रकम साढे ३ अर्ब नाघेको छ । आज ३ अर्ब ६९ करोड २८ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख ६८ हजार ९०६ कित्ता सेयर किनबेच भएको हो ।

कारोबारमा आज पनि हिमालयन रिइन्स्योरेन्सकै अग्रता छ । सो दिन कम्पनीको ३० करोड ९०लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

यस्तै, कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको एनआइसी एशिया बैंकको पनि १३ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यता, जोशी हाइड्रोपावरको १० करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्