प्रतिकित्ता १५० रुपैयाँमै गोर्खाज फाइनान्सको सेयर किन्ने मौका, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
२० चैत्र २०८०, मंगलवार

प्रतिकित्ता १५० रुपैयाँमै गोर्खाज फाइनान्सको सेयर किन्ने मौका, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । गोर्खाज फाइनान्सले ६२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री खुला गरेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले १५ दिनभित्र दिनेपर्नेछ । आवेदन संस्थाको प्रधान कार्यालय डिल्लीबजार काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्