दुई दिन पनि टिकेन सेयर बजारको बढोत्तरी, कारोबार रकम पनि खुम्चियो « Arthapath.com
२८ चैत्र २०८०, बुधबार

दुई दिन पनि टिकेन सेयर बजारको बढोत्तरी, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । दुई दिन लगातर बढेको सेयर बजारमा गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन बजार १३.७३ अंकले घटेको हो ।

यसअघि आइतबार र मंगलबार बजार बढेको थियो । तर, बुधवार भने घटेको हो । उक्त दिन बजार परिसूचक २०२२ दशमलव २८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज उत्पादन तथा प्रशोधन ९.३३ अंक र व्यापार समूह ४०.१७ अंकले बढेको छ । यी बाहेकका सबै समूहहरु राताम्य बनेका छन् ।

बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । हिजो ४ अर्ब बढीको कारोबार भएको थियो । तर, बुधवार भने ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार रुपैयाँ बराबरको ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर किनबेच भएको छ। आज कम्पनीको १२ करोड ५४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गोर्खाज फाइनाइनान्सको ११ करोड १२ लाख २८ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ।

कसले कमाए, कसले गुमाए ?

बुधवार मान्डु हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च वृद्धि भएको छ । आज कम्पननीको सेयर मूल्य ९.६९ प्रतिशत बढेर ७७० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज खानीखोला, गुराँस लघुवित्त, पिपुल्स पावर, पोखरा फाइनान्स, सिद्धार्थ ग्रोथ स्किम–३, सिवाईसी नेपाल र बोतर्स नेपाल (बालाजु) लगायतका लगानीकर्ता उच्च दरमा कमाएका छन् ।

यता, सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ। आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो । यस्तै, विन नेपालप लघुवित्तको सेयर मूल्य पनि .९३ प्रतिशतले घटेको छ। आज यी कम्पनीहरुसहित एनआईसी एशिया सेलेक्ट फन्ड–३०, मनकामना लघुवित्त, सबैको लघुवित्त, प्रभु सेलेक्ट फन्ड लगायतका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्