नयाँ वर्षको सुरुवातमै छैन सेयर बजारमा चमक « Arthapath.com
२ बैशाख २०८१, आईतवार

नयाँ वर्षको सुरुवातमै छैन सेयर बजारमा चमक



काठमाडौं । नयाँ वर्ष २०८१ लाई सेयर बजारले नकरात्मक स्वागत गरेको छ । नयाँ वर्षको पहिलो कारोबार दिन बजार सामान्य अंकले घटेको हो ।

साताको पहिलो कारोबार दिन बजार २.३५ अंकले घटेको छ । उक्त दिन बजार परिसूचक २ हजार २३ दशमलव ३५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज १३ वटामध्ये ४ वटा समूहहरु मात्रै बढेका छन् । यी बाहेकका समूह राताम्य बनेका हुन् । आज फाइनान्स समूह २१.०६ अंक, माइक्रोफाइनान्स ७६.५८ अंक, व्यापार समूह १४.०९ र जलविद्युत समूह ९.७१ अंकले वृद्धि भएको छ । तर, बैंक, विकास बैंक, होटेल तथा पर्यटन, जीवन तथा निर्जीवन बीमा समूह, म्युचुअल फन्ड लगायतका समूहहरु घटको छन् ।

अघिल्लो दिन अर्थात् गत बुधवारको तुलनामा कारोबार रकम पनि घटेको छ । आज ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार रुपैयाँ बराबरको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर किनबेच भएको छ।

उक्त दिन सानिमा माइ हाइड्रोपावरको सर्वाधिक सेयर किनबेच भएको छ। आज कम्पनीको २१ करोड ४७ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्रिी भएको हो ।

कारोबार रकमका आधारमा दोस्रो सूचीमा रहेको पोखरा ११ करोड ७ लाख ६५ हजार र तेस्रो सूचीमा ङादी ग्रुपको १० करोड ३८ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्