नयाँ वर्षको पहिलो कारोबार दिनः कसले कमाए, कसले गुमाए ? « Arthapath.com
२ बैशाख २०८१, आईतवार

नयाँ वर्षको पहिलो कारोबार दिनः कसले कमाए, कसले गुमाए ?



काठमाडौं । साताको पहिलो कारोबार दिन सृजनाशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
आइतबार कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ११४ रुपैयाँ ८० पैसाले बढेर १ हजार २६२ रुपैयाँ ८० पैसा कायम भएको छ।

यस्तै, आज एनआइसी एशिया लघुवित्तको सेयर मूल्य ९.७२ प्रतिशत, दोल्ती पावरको ९.३५ प्रतिशत राप्ती हाइड्रो एण्ड जनरलको ९.२३ प्रतिशत, मिथिला लघुवित्तको ८.७०, कालिका लघुवित्तको ८.१२ प्रतिशत वृद्धि भएको छ ।

आज यी कम्पनीहरुसहित मनकामना स्मार्ट लघुवित्त, सबैको लघुवित्त, पोखरा फाइनान्स, महुली लघुवित्त, अपर हेवाखेला, लक्ष्मी लघुवित्त, मोदी इनर्जी लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

आइतबार गुराँस लघुवित्तको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ। आज कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता २२३४ रुपैयाँ घटेर २ हजार १०६ रुपैयाँ कायम भएको छ।

आज यी कम्पनीहरुसहित हिमालयन ८०–२०, तेह्रथुम पावर, तारागाउँ रेजेन्सी लगायतका लगानीकर्ताको गुमाएका छन ।


प्रतिक्रिया दिनुहोस्