आज सेयर बजार बन्द हुने « Arthapath.com
११ बैशाख २०८१, मंगलवार

आज सेयर बजार बन्द हुने



काठमाडौं । आज (मंगलबार) नेपाल स्कट एक्सचेञ्ज (नेप्से) बन्द रहने भएको छ । सरकारले आज सार्वजनिक बिदा दिएसँगै सेयर कारोबार नहुने भएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

त्यसैले आज देशका सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् ।


प्रतिक्रिया दिनुहोस्