सेयर बजारको उकालो यात्रा, कारोबार रकम पनि बढ्दै

काठमाडौं । सेयर बजारको बढोत्तरी मंगलबार पनि कायम भएको छ । मंगलबार बजार २८.६२ अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिनदेखि नै बजारले लय समाएको छ ।
यो साताको सुरुवातमै बजार ८.२८ अंकले बढेको थियो । दोस्रो कारोबार दिन पनि २४.३९ अंकले बढेको थियो । बजार लगातार तीन दिनदेखि बढेको हो ।
उक्त दिन बजार परिसूचकले २ हजार बिन्दु पार गरेको छ । आज परिसूचक २ हजार २७ दशमलव ५१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सो दिन सबै समूहहरु हरियाली बनेका छन् ।

बजारसँगै कारोबार रकम पनि बढोत्तरी देखिएको छ । सोमबार साढे ३ तीन अर्बृको कारोबार थियो । तर, मंगलबार भने ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर किनबेच भएको छ ।
उक्त दिन सीइडीबी हाइड्रोपावर कम्पनीको सर्वाधिक १५ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पनि ११ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।