थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ? « Arthapath.com
७ जेष्ठ २०८१, सोमबार

थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर र समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा युनाइटेडको ५.५० प्रतिशत बापतको २ लाख ३१ हजार कित्ता र समत घरेलु लघुवित्तको ५.४२ प्रतिशत बापतको २ लाख १३ हजार ७२०.७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब यी दुई कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्