हाइड्रोपावरको सर्वाधिक सेयर किनबेच, बैंक र बीमाको सेयरमा आकर्षण कस्तो ?
काठमाडौं । सेयर खरिदबिक्रीमा हाइड्रोपावर कम्पनीहरुको हिस्सा सर्वाधिक छ । सेयर कारोबारमा हाइड्रोपावरको हिस्सा झन्डै २९ प्रतिशत छ ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको एक तथ्याङ्कले यस्तो देखाएको हो । चालु आर्थिक वर्षको १० महिनामा कुल ५ खर्ब २७ अर्ब ९२ करोड ८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसमा हाइड्रोपावर समूहको हिस्सा २८.९ प्रतिशत छ । १० महिनामा कुल १ अर्ब ५५ करोड २५ लाख १६ हजार कित्ता सेयर किनेबेच भएको छ । तर, हाइड्रोपावरको १ खर्ब ५२ अर्ब ३७ करोड ८२ लाख बराबरको ५४ करोड ११ लाख १९ हजार कित्ता सेयर किनबेच भएको छ ।
सेयर कारोबारमा वाणिज्य बैंकहरुको हिस्सा १० प्रतिशत छ । १० महिनामा वाणिज्य बैंकहरुको ५२ अर्ब ८७ करोड १२ लाख रुपैयाँ बराबरको २० करोड ४१ लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ ।
तेस्रो ठुलो हिस्सा रहेको जीवन बीमा समूहको पनि ४८ अर्ब ३६ करोड २६ लाख बराबरकोे ९ करोड ५ लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । कुल कारोबारमा यसको हिस्सा ९.२ प्रतिशत छ । उत्पादन तथा प्रशोधन समूहको हिस्सा पनि ९.१ प्रतिशत छ । १० महिनामा यस समूहको ४७ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यस्तै, सेयर कारोबारमा माइक्रोफाइनान्सको हिस्सा ६.९ प्रतिशत, फाइनान्सको ६.५ प्रतिशत, अन्यको ५.८, निर्जीवन बीमाको ५.८, विकास बैंकको ५.५ प्रतिशत र लगानी समूहको ५.४ प्रतिशत हिस्सा छ । यता, होटल तथा पर्यटन समूहको ३.३३ प्रतिशत, प्रोमेटर सेयरको २.६ प्रतिशत छ ।
सेयर कारोबारमा कुन समूहको हिस्सा कति ?