घट्यो सेयर बजार: कारोबार रकम भने साढे ६ अर्ब, यी कम्पनीमा झुम्मिए लगानीकर्ता « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

घट्यो सेयर बजार: कारोबार रकम भने साढे ६ अर्ब, यी कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार ९.३२ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक भने २११२.२९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज विकास बैंक समूह ५३.७५ अंक र फाइनान्स ४५.४७ अंकले बढेका छन् । यी बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका छन् ।


बजार घटेपनि कारोबार रकम पनि उच्च रहेको छ । आज ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज १ करोड २४ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर किनेबच भएको छ । आज कम्पनीको सर्वाधिक २८ करोड ४७ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट को २० करोड ५७ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, समृद्धि फाइनान्सको १७ करोड ५६ लाख २९ हजार, साधाना लघुवित्तको १२ करोड ९९ लाख ३७ हजार, सिइडीबी हाइड्रोपावरको १२ करोड ९१ लाख १५ हजार, बरुण हाइड्रोपावरको १२ करोड, माउनटेन इनर्जीको १० करोड १३ लाख र गुडविल फाइनान्सको १० करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्