सेयर बजार खुलेको एक मिनेटमै बन्द

काठमाडौं । सेयर बजार खुलेको एक मिनेटमै सर्किट लागेर बन्द भएको छ । नेप्से परिसूचक ३.९९ प्रतिशत अर्थात् १०२.६८ अंक बढेर २ हजा ६७०.८२ अंक पगुेको हो । नेप्से ४ प्रतिशत बढेपछि २० मिनेटका लागि बन्द भएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर बजार सम्बन्धि खुकुलो नीति ल्याएसँगै सेयर बजार बढ्न पुगेको हो ।
साथै यस समयमा २३३ कम्पनीको ५ लाख ५६ हजार ५९३ कित्ता सेय र२ हजार ७५७ पटक खरिदबिक्री हुँदा २७ करोड २० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।