सेयर बजारमा उछाल, एकैदिन १२७ अंकले बढ्यो

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । सोमबार बजार १२७.३२ अंकले वृद्धि भएको छ ।
साताको दोस्रो कारोबार दिन बजार ४.२७ प्रतिशत वृद्धि भएको छ। आज बजार परिसूचक २ हजार ८२३.२५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ।
आज सबै समूहहरु हरियाली बनेका छन् । उक्त दिन १३ अर्ब १० करोड४६ लाख रुपैयाँ बराबरको ३ करोड १४ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ।
उक्त दिन गुडविल फाइनान्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज सो कम्पनीको ४६ करोड ५२ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको अपि पावरको पनि ४१ करोड ८८ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यस्तै, आज हिमालयन रिइन्स्योरेन्सको ३३ करोड १३ लाख १४ हजार, अरुण भ्यालीको २४ करोड ३२ लाख, नेपाल फाइनान्सको २३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।