युनिक नेपाल लघुवित्तको संस्थापक सेयर बिक्रीमा « Arthapath.com
१८ पुष २०८१, बिहीबार

युनिक नेपाल लघुवित्तको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

आवेदन आजैका मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कोहलपुर, बाँकेमा आवेदन पेश गर्नुपर्ने छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्