महुली लघुवित्तको एफपिओ बाँडफाँट : भाग्यमानी ९ जनाले पाए ११ कित्ता, तपाईलाई पर्यो त ? « Arthapath.com
१९ पुष २०८१, शुक्रबार

महुली लघुवित्तको एफपिओ बाँडफाँट : भाग्यमानी ९ जनाले पाए ११ कित्ता, तपाईलाई पर्यो त ?



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँट भएको छ ।

शुक्रबार बिहान बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीको एफपिओ भाग्यमानी ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । क्यापिटलका अनुसार ९ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन् ।

कम्पनीले गत पुस ५ गतेदेखि ९ गतेसम्म एफपिओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गरेको हो ।

उक्त सेयर खरिदका लागि कुल १६ लाख ९२ हजार १०६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए । सोमध्ये १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्