सेयर बजारमा सामान्य वृद्धि, पौने ८ अर्बको कारोबार « Arthapath.com
११ बैशाख २०८२, बिहीबार

सेयर बजारमा सामान्य वृद्धि, पौने ८ अर्बको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ३ अंकले बढेको छ । यो सँगै नेप्से २६५८.९४ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

यस दिन ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार अवधिभर ३०८ कम्पनीको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर किनबेच भयो ।

कुल १३ उपसूचकमध्ये ४ उपसूचक मात्र बढेका छन् भने बाँकी ९ उपसूचक घटेका छन् ।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको । त्यस्तै, महिला लघुवित्त, ङादी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, राधि विद्युत लगायत ८३ कम्पनीको पनि सेयर मूल्य बढेको छ ।

यता, नेपाल हाइड्रो डेभलपर्स, गुराँस लघुवित्त, सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक लगायत ६१६ कम्पनीको सेयर मूल्य घटेका छन् ।

कारोबार रकमको आधारमा भने ङादी पावर अग्रस्थानमा देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्