सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे ११ अर्बमाथिको कारोबार « Arthapath.com
२५ बैशाख २०८२, बिहीबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे ११ अर्बमाथिको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । यसदिन बजार दोहोरो अंकले घटेको हो । आज सेयर बजार मापक नेप्से परिसूचक १२.६० अंकले घटेर २६६१.०८ बिन्दुमा झरेको छ ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ । यस दिन ११ अर्ब ६५ करोड १७ हजार रुपैयाँको कारोबार भएको छ । बुधबार १० अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको थियो ।

कारोबार अवधिभर ३१५ वटा धितोपत्रको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच भयो । आज ९६ कम्पनीको मूल्य बढ्दा १५० कम्पनीको मूल्य घटेको छ ।

बुधबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, ओम मेगाश्री र छ्यांङ्गदी हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यी कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक मुनाफा कमाउन सफल भएका छन् ।

आज नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक इस्टर्न हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक लगायत कम्पनीको मूल्य घटेका छन् ।

यस दिन ङादी ग्रुप पावरको सर्वाधिक ७८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सानिमा माइ हाइड्रोपावरको ६५ करोड ४९ लाख रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ५७ करोड एक लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ४३ करोड ३९ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्