सेबोनले दियो २ अर्ब २४ करोडको आइपीओ निष्कासनको अनुमति, नेप्सेमा १ अर्बको बोनस सेयर सूचीकृत

काठमाडौं । १० महिनामा साढे ५८ अर्ब अर्ब रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत साउनदेखि बैशाख मसान्तसम्म आइपुग्दा ५८ अर्ब ४३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हो । त्यसमध्ये २१ अर्ब ८ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
समिक्षा अवधिमा २० अर्ब ३८ करोड बराबरको साधारण सेयर सूचीकृत भएको छ । यता, ११ अर्ब ६५ करोड बराबरको हकप्रद सेयर सूचीकृत भएको देखिन्छ ।
यस्तै, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १० करोड ६९ लाख बराबरको एफपीओ र ३ अर्ब ९६ करोड बराबरको अन्य सेयर सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३४ अर्ब ५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
बोर्डले १३ अर्ब १९ करोड बराबरको हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको हो ।
यस्तै, ११ अर्ब ८० करोड बराबरको म्युचुअल फण्ड, ६ अर्ब ८२ करोड बराबरको डिबेन्चर र २ अर्ब २४ करोड बराबरको साधारण सेयर निष्कासन गर्न अनुमति दिएको हो ।