सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम सुस्तायो « Arthapath.com
३ असार २०८२, मंगलबार

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम सुस्तायो



काठमाडौं । दुई दिनको सामान्य बढोत्तरी सेयर बजारमा गिरावट आएको छ । मंगलबार बजार २.५९ अंकले घटेको छ ।

उक्त दिन बजार परिसूचक २६५६.०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन जलविद्युत समूह ७.४१ अंक वृद्धि भएको छ ।

यस्तै, माइक्रोफाइनान्स पनि ५२.३१ अंक र व्यापार समूह २२.४० अंक वृद्धि भएको छ । आज यी बाहेकका अन्य समूहहरु भने राताम्य बनेका छन् ।

बजारसँगै कारोबार रकम पनि घटेको छ । आज ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा आज सानिमा माइ हाइड्रोपावर शीर्ष सूचीमा छ । आज कम्पनीको ७४ करोड ९६ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, बुटवल पावरको ६० करोड ३८ लाख, ङादी ग्रुपको ४६ करोड ११ लाख, राधी विद्युतको ३८ करोड १८ लाख र सोल्टी होटेलको ३० करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्