प्योर इनर्जीको सेयर भाउ उच्च दरमा वृद्धि, आज ९९ कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । मंगलबार प्योर इनर्जीको सेयर भाउ उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको मूल्य ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ९९.७० रुपैयाँ बढेको हो ।
साताको तेस्रो कारोबार दिन बुटवल पावरको सेयर भाउ पनि ७.७३ प्रतिशत, सामुदायिक लघुवित्तको सेयर भाउ ७.१३ प्रतिशत वृद्धि भएको छ । आज यी कम्पनीसहित ९९ वटाको मूल्य वृद्धि भएको छ ।

