९३ कम्पनीको सेयर भाउ बढ्यो, कसले कमाए सर्वाधिक ?

काठमाडौं । बिहीबार करिब १०० कम्पनीको सेयर मूल्यमा बढोत्तरी देखिएको छ । साताको अन्तिम कारोबार दिन ९३ वटा कम्पनीको सेयर भाउ बढेको हो ।
उक्त दिन ग्रीन डेभलपमेन्ट बैंकको ९.१८ प्रतिशत, सप्तकोशी डेलपमेन्टको ९ प्रतिशत र बरुण हाइड्रोपावरको ८.९३ प्रतिशत बढेको हो ।
यस्तै, पिपुल्स हाइड्रोपावरको सेयर भाउ ७.१४ प्रतिशत, सुपर मादीको ६.८४ प्रतिशत, कर्पोरेट डेभलपमेन्टको ६.२० प्रतिशत, न्यादी हाइड्रोपावरको ५.८० प्रतिशत र सन राइज फोकस्ड इक्विटी फन्डको ५.०५ प्रतिशत वृद्धि भएको छ ।
आज यीसहित ९३ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।


