सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा « Arthapath.com
१९ असार २०८२, बिहीबार

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयमा आइपुग्ने गरि दिनुपर्नेछ । अथवा सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवेदन दिन सकिनेछ । उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन ।

तोकिएको उक्त समयावधिमा संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा अन्य बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्