एसियन लाइफ इन्स्योरेन्सको झण्डै २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले कुल २४ हजार ८९८ कित्ता संस्थापक शेयर सर्वसाधारण वा अन्य निकायका लागि नभई तत्कालका लागि विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र लक्षित गरी बिक्री खुला गरेको हो।
शेयर खरिद गर्न इच्छुक कम्पनीका वर्तमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। आवेदन फारम काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ।
तोकिएको ३५ दिने म्यादभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेको खण्डमा, कम्पनीले प्रचलित नियमअनुसार उक्त शेयर सर्वसाधारण तथा अन्य इच्छुक व्यक्ति वा संस्थाहरूका लागि बिक्री खुल्ला गर्ने जनाएको छ।













