साताको अन्तिम दिन नेप्से ८.३० अंकले घट्यो, ४ अर्ब ४१ करोडमाथिको सेयर किनबेच « Arthapath.com
१९ असार २०८३, शुक्रबार

साताको अन्तिम दिन नेप्से ८.३० अंकले घट्यो, ४ अर्ब ४१ करोडमाथिको सेयर किनबेच



काठमाडाैं । पछिल्ला दुई कारोबार दिन लगातार बढेको सेयर बजारमा आज दोहोरो अंकको गिरावट देखिएको छ।

साताकाे अन्तिम काराेबार दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक ८.३० अंकले घटेर २६ सय ५३ दशमलव ४० बिन्दुमा झरेकाे छ।

नेप्से परिसूचक घटे पनि यसदिन काराेबारमा भने सुधार देखिएकाे छ। आज ३४५ कम्पनीकाे ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर ४ अर्ब ४१ कराेड २३ लाख ४० हजार रूपैयाँमा किनबेच भएकाे छ।

हिजाे ३५९ कम्पनीकाे ८९ लाख ६४ हजार २२३ कित्ता सेयर ४ अर्ब ११ कराेड ७७ लाख ८५ हजार रूपैयाँमा किनबेच भएकाे थियाे ।

आज विकास बैंक, फाइनान्स, हाइड्राेपावर, माइक्राे फाइनान्स र व्यापार समुह बढेका छन् भने बाँकी सबै सुमहका उपसूचक घटेका छन्।

जीवन बीमा, माइक्राे फाइनान्स र म्युच्युअलल फण्ड समुहका उपसूचक बढेका छन् भने बाँकी सबै घटेका छन् । यसदिन फाइनान्स समुहकाे उपसूचक १.०६ प्रतिशत बढेकाे छ।

आज १०३ कम्पनीकाे सेयर मूल्य बढेकाेमा १६० वटाकाे घटेकाे छ। यस्तै १४ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ।

आजकाे काराेबारमा सानीगाड हाइड्राे १५ प्रतिशत, स्नाे रिभर्स १४.९९, कलंगा हाइड्राेकाे सेयर मूल्य १४.९८ र नेपाल फाइनान्स १४.९२ प्रतिशत बढेकाे छ।


प्रतिक्रिया दिनुहोस्