पिपुल्स हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति र कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
३१ भाद्र २०७९, शुक्रबार

पिपुल्स हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति र कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आईपीओ आज अर्थात भदौ ३१ गतेदेखि निष्काशन भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

निष्काशित कुल सेयर आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७का स्थानिय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता छुट्याएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असोज १४ गते र ढिलोमा असोज ३० गतेसम्म दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

Tags :

प्रतिक्रिया दिनुहोस्