इष्टर्न हाइड्रोपावरको आईपीओ निष्काशन, कति र कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

इष्टर्न हाइड्रोपावरको आईपीओ निष्काशन, कति र कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन भएको छ । कम्पनीले आज अर्थात असोज २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्तासहित ६ लाख ७० हजार ३१० कित्ता आईपीओ जारी गरेको हो ।

सोमध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २१३ हजार ४०६ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्तामा आवेदन दिन सकिने छ ।

कम्पनीको आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीको आईपीओमा छिटोमा कात्तिक १ गते र माग बमोजिम आवेदन नपरेको खण्डमा कात्तिक १४ गतेसम्म दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्