यी २ कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति « Arthapath.com
३ माघ २०८१, बिहीबार

यी २ कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।बोर्डले क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्स कम्पनीलाई सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

माइक्रो लाइफले प्रतिकित्ता सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्दैछ । यसको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।

त्यस्तै, ओम मेघाश्री फर्मास्युटिकल्सले प्रतिकित्ता सय रुपैयाँका दरले १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्