गार्डियन माइक्रो लाइफको आईपीओ कहिले हुँदैछ बाँडफाँट ? « Arthapath.com
४ माघ २०८१, शुक्रबार

गार्डियन माइक्रो लाइफको आईपीओ कहिले हुँदैछ बाँडफाँट ?



काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आइतबार (माघ ६ गते) बाँडफाँट हुने तय भएको छ । आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको छ । यसमा १९ लाख ६ हजार ८४८ जनाले कुल २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । गोलाप्रथाबाट बाँडफाँट हुने आईपीओमा १७ लाख २२ हजार ३४८ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको थियो ।

रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ साउन २३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ साउन २१ गतेसम्म बाहल रहनेछ ।


प्रतिक्रिया दिनुहोस्