नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
२२ माघ २०८१, मंगलवार

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई गत माघ ८ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । सोही आइपीओमा आवेदन गर्ने आज अन्तिम मौका रहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको छ ।

त्यस्तै, ३ प्रतिशत अर्थात ६७ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्