गार्डियन माइक्रो लाइफको आईपीओ नेप्सेमा सूचीकृत « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

गार्डियन माइक्रो लाइफको आईपीओ नेप्सेमा सूचीकृत



काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको कुल ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता र संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम १००.३४ रुपैयाँदेखि ३०१.०२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ । नेप्सेले कम्पनीको सेयर कारोबारका लागि जीएमएलआइ संकेत प्रदान गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बाँडफाँट गरेको थियो । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि तथा १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।


प्रतिक्रिया दिनुहोस्