ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट « Arthapath.com
१२ फाल्गुन २०८१, सोमबार

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट



काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ फागुन ११ गते बाँडफाँट गरेको हो।

कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८० लाख रुपैयाँबराबरको १ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो।

सो सेयरमा ४८ हजार ३१२ जना आवेदकहरुले आवेदन दिएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथा प्रक्रियामार्फत १८ हजार जना आवेदकलाई १० कित्ताका दरले कम्पनीको सेयर बाँडफाँट गरिएको छ।


प्रतिक्रिया दिनुहोस्