छुट्ला है पियोर इनर्जीको आइपीओ, आवेदन दिने अन्तिम मौका « Arthapath.com
५ चैत्र २०८१, मंगलवार

छुट्ला है पियोर इनर्जीको आइपीओ, आवेदन दिने अन्तिम मौका



काठमाडौं । आज आर्थत् चैत ५ गते पियोर इनर्जी लिमिटेको आइपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ ।

कम्पनीले गत फागुन २० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुला गरेको छ । उक्त सेयरमा बाँके जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतममा १६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यता, विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि भने कम्पनीले जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता निष्कासन गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्