लगानी गर्न तयार हुनुहोस्, चैत २८ गतेदेखि आउँदै छ १ लाख कित्तासम्म भर्न पाइने नयाँ आइपीओ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

लगानी गर्न तयार हुनुहोस्, चैत २८ गतेदेखि आउँदै छ १ लाख कित्तासम्म भर्न पाइने नयाँ आइपीओ



काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओ आगामी २८ गतेदेखि निष्कासन हुने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरिसकेको छ ।

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

कम्पनीको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा आगामी बैशाख २ गते र ढिलोमा बैशाख ११ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्