ट्रेड टावर कम्पनीको आइपीओ निष्कासन, वैशाख २२ गतेसम्म आवेदन दिन पाइने « Arthapath.com
८ बैशाख २०८२, सोमबार

ट्रेड टावर कम्पनीको आइपीओ निष्कासन, वैशाख २२ गतेसम्म आवेदन दिन पाइने



काठमाडौं । ट्रेड टावर कम्पनीको आइपीओ निष्कासन भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँको ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आगामी वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्