भोलि बाँडफाँट हुँदै पियोर इनर्जीको आइपीओ, तपाई पर्नु होला भाग्यमानी १ लाख १९ हजार ५२० जना भित्र ?

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओ भोलि अर्थात् वैशाख ११ गते बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बिहीबार बिहान ८.३० बजे फाँडफाँट हुने भएको हो ।
कम्पनीले गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।
कम्पनीको आइपीओमा मागभन्दा १९.२८ गुणा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा १९ लाख ३६ हजार ५३ जनाले कुल २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । तर, १८ लाख १६ हजार ५३३ जनाको भने हात खाली हुनेछ, १ लाख १९ हजार ५२० जनाले मात्र सेयर प्राप्त गर्नेछन् ।