अपर तामाकोशी हाइड्रोपावरको हकप्रद कतिले भरे ? « Arthapath.com
१६ आश्विन २०८०, मंगलवार

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद कतिले भरे ?



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रदमा २ अर्ब ६६ करोड ५२ लाख ७५ हजार १०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असोज १६ गते साँझ ५ः०७ बजेसम्म २ लाख ४२ हजार ६७८ जना आवेदकले २ करोड ६६ लाख ५२ हजार ७५१ कित्ताका लागि आवेदन दिएका हुन् ।

हकप्रदमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले भदौ १८ गतेदेखि १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर बिक्री प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज भएको हुदाँ साउन २५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । तसर्थ, साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । यस कम्पनीले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयर मार्फत रकम संकलन गर्न लागेको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताहरुले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्