शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै नेपाल वेयर हाउजिङ्ग
काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हाल कामय चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । असोज १४ गते बसेको कम्पनी संचालक समितिको बैठकले १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर जारी निर्णय गरेको हो ।
उक्त हकप्रद सेयर अब कम्पनीको विशेष साधारण सभाबाट पारित गरेपश्चात निष्कासन हुनेछ ।