एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर मंसिर ११ गतेदेखि निष्कासन हुने, बुक क्लोज कहिले ? « Arthapath.com
२१ कार्तिक २०८१, बुधबार

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर मंसिर ११ गतेदेखि निष्कासन हुने, बुक क्लोज कहिले ?



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले कात्तिक २७ गते बुक क्लोज गर्दैछ । यसका आधारमा कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रद सेयर खरिदका लागि आगामी पुस १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । हाल चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँ रहेको छ । हकप्रद जारी पछि २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्